कृष्णप्रसाद सिटौला

काठमाडौँ, १० फागुन–नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको तथा पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको दावी गरेका छन्।

बिहीवार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको बताए।

उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए। उनले कांग्रेस मुलुकको राजनीतिको पथप्रदर्शक भएको उल्लेख गरे।

उनले महासमिति बैठकले पार्टी नेता तथा कार्यकर्ताबीच वृहत एकता भएको र असमझदारीहरु मेटिएको दावी गरे। उनले अब कांग्रेसले एउटा लाइन बसाल्ने र आगामी निर्वाचनमा बहुमत आउनेगरी पार्टीको संगठन परिचालन हुने दावीसमेत गरे।

‘महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको छ। एउटा उत्साह बोकेर हामीहरु आ–आफ्नो जिल्ला फर्कंदै छौँ। तमाम कार्यकर्ता साथीहरुबीच बृहत एकता भएको छ।

अलिअलि असमझदारी केही थियो भने पनि सबै मेटिएको छ‚’ उनले भने‚ ‘आगामी निर्वाचनमा कांग्रेसले सम्पूर्ण रुपबाट वृहत परिचालन आफूलाई गरेर बहुमतका साथ परिणाम निकाल्न सक्नेगरी पार्टीको संगठन परिचालन हुनेछ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *