धरमपुर, १४ फागुन–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको स्कुल वस खरिदका लागि पूर्व विद्यार्थी समेत रहनुभएका स्थानीय आङ्दम्बे परिवारले ६२ हजार बढी आर्थिक सहयोग गर्नुभएको छ ।
बिद्यालयले शैक्षिक सत्रदेखि स्कुल वस सञ्चालन गर्ने अभियानमा सिमाना चौक निवासी विद्यालयका पूर्व विद्यार्थीहरु सूर्यकुमारी, लीलाराज, शान्ता, कुमारी र सुजन आङ्दम्बेले संयुक्त रुपमा रु ६२ हजार ६ सय १५ सहयोग प्रदान गर्नुभएको हो ।
आङदम्बे परिवारका सदस्य, हालः काठमाण्डौं निवासी लीलाराज आङ्दम्बेले विद्यालयको स्वर्ण महोत्सव र स्कुल वस अभियानको क्रममा आफ्नो परिवारको तर्फबाट एकमुष्ठ आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो । लीलाराज आङ्दम्बेका अनुसार आफ्नो स्वर्गबासी आमा गङ्गामाया आङ्देम्बेको स्मृतिमा सहयोग गरिएको हो ।
वहाँका अनुसार दिवगंत आफ्नी आमाको बार्षिकीमा कुनै न कुनै आश्रम वा कुनै क्षेत्रमा सहयोग गर्ने योजना थियो तर आफु लगायत परिवारले अध्ययन गरेको बिद्यालयको स्कुल वस खरिद अभियानमा सहभागितका लागि सहयोग गरिएको हो ।
आङ्देम्बे परिवारको आमाको गएको बर्ष उपचारको क्रममा काठमाडौमा निधन भएको थियो । आङद्म्बे परिवारको आमा ६२ बर्ष ६ महिना १५ दिनको उमेरमा निधन भएको थियो । आमाको उमेर बराबर बिद्यालयलाई सहयोग रकम स्मरण रहोस भनेर प्रदान गरेको दाता मध्येका एक शुर्यकुमारी आङ्देम्बेको भनाइ छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा अध्ययनका लागि बिद्यार्थीहरु टाढाटाढाबाट आवतजावत गनर््पर्ने भएकोले उनीहरुको सहजताका लागि स्कुल वस खरिद गर्न लागिएको बताउनुभयो । बस खरिद अभियानमा हालसम्म दाताहरुबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको बिध्यलय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले बताउनु भयो । अध्यक्ष ल्वागुनका अनुसार हाल सम्म सो प्रयोजनका लागि करिब १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
२०३० सालमा स्थापना भएको सो बिद्यालयले ५०औ स्थापना दिवस यहि २४ गते मनाउने भएको छ । गौरवमय इतिहासको सम्मान गर्दै बिद्यालयका संस्थापकहरुलाई सम्मान गरिन लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिनुभयो । वहाँले स्मार्ट बिद्यालयका रुपमा बिकास गरिँदै लगेको सो बिद्यालयलाई नगरकै एक नमुना बिद्यालय बनाउने अभियानमा बिद्यालयका भुत पुर्व बिद्यार्थीहरुको योगदान प्रशंसनिय भएको बताउनुभयो ।
देश विदेश जुनसुकै ठाउँमा रहेर पनि हिजोको दिनका बिद्यार्थीहरु, आजका अभिभावक बन्नु भएको छ उहाँहरुकै इच्छा र चाहना अनुसार हामी यो बिद्यालयमा बिकासको योजना अघि बढाइरहेका छौं, अध्यक्ष ल्वागुनले भने । उनका अनुसार बिद्यालयका अभिभावकहरुले निजी बिद्यालयको बिकल्पका रुपमा गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको बालसेवालाई स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरुले उच्च प्राथमिकतामा राखेको कारण पनि यो बिद्यालयको चौतर्फी बिकास सम्भव भएको हो ।
अंग्रेजी माध्यमबाटनै कक्षा ८ सम्म अध्ययन अध्यापन गराइरहेको सो बिद्यालयले पछिल्लो समय स्थानीय भाषाका रुपमा रहेको लिम्बु भाषालाई ऐच्छिक बिषयका रुपमा कक्षा १ मा अध्यापन गराइरहेको छ । लिम्बु भाषा अध्ययनमा सो कक्षाका १ जना बिद्यार्थीहरु इच्छुक भएर अध्यान गरिरहेका छ्न । देखिएका छन । उनीहरुले नियमित रुपमा लिम्बु भाषाको विशेष कक्षा लिइरहेका छन ।
बिद्यालयमा शिक्षक र बिद्यार्थीहरुबीच नियमित खाजामा पनि समानताको अभ्यास गरिरहेको छ । बिद्यालयमा साताभरी ५ प्रकारका खाजा दिने गरिएको छ । बिद्यार्थी र शिक्षकहरुले खाने खाजामा एकरुपता छ बिद्यार्थीहरुका लागि जे पाक्छ, शिक्षकहरु पनि त्यही खाजा खानु हुन्छ, बिद्यालयका प्रधानाध्यापक बेणुप्रसाद कार्कीले भनुभयो ।
