अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई

काठमाडौं, १६ फागुन–अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वाइडवडी जहाज खरिदसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताएका छन्।

मंगलबार संसदको सार्वजनिक लेखा समितिमा उनले यस्तो बताएका हुन्।

यसअघि सार्वजनिक लेखा समितिले वाइडवडी खरिदमा अनियमितता भएको भन्दै थप अनुसन्धान गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सुझाव दिएको थियो।

अनुसन्धान करिब अन्तिम चरणमा पुगे पनि विश्वका अन्य देशबाट सूचना प्राप्त गर्न समस्या भएको उनले गुनासो गरे।

दुई पक्षीय सूचना आदान प्रदानको सहमति नभएर सम्बन्धित देशबाट सूचना प्राप्तिमा समस्या भएको भन्दै उनले सरकारलाई दुई पक्षीय सहमति गर्नको लागि पनि आग्रह गरे।

उनले विश्वका अन्य देशबाट सूचना प्राप्त गर्न नसक्दा अन्य अनुसन्धानमा पनि समस्या भएको बताएका छन्।

‘अहिले नेपाल बाहिर गएर डिल गर्ने र कारोबार गर्ने काम भइरहेका छन्, हामीले सूचना पाउन नसक्दा अनुसन्धान प्रभावित हुने गरेको छ, राईले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *