दमक, १८ फागुन–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले सदस्यता विस्तार, नविकरण, जनवर्गीय संगठनहरुको
गठन, पुनःगठन र प्रशिक्षण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भएको छ ।
आसन्न १०औं महाधिवेशन लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी रुपमा सञ्चालन गरेको दुई महिने संगठन सुढृढिकरण अभियानं अन्तर्गत दमक नगर कमिटीले यस्तो निर्णय गरेको हो ।
नगर कमिटीले आज (शुक्रबार) दमकमा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठन सुढृढिकरण अभियानका लागि झापा प्रमुख धर्मराज पौडेलले रणनीतिक योजना र कार्यक्रमहरुलाई नागरिकतहमा जोडन आवश्यक रहेको औल्याउनुभयो । वहाँले पार्टीले विभिन्न संगठनहरुलाई आ–आफ्नो क्षेत्रमा प्रभावकारी योजना र कार्यक्रमहरु तय गरेर नागरीकहरुबीचमा पुग्न जरुरी रहेको बताउनुभयो ।
नेता पौडेलले झापामा एकीकृत समाजवादीको अवस्था र संम्भावना राम्रो रहेको तर त्यसलाई सुधार गर्न जिम्मेवार नेता तथा कार्यकर्ताहरु एक जुट हुन समेत निर्देशन दिनुभयो । वहाँँले पार्टी केन्द्रीय कमिटीले सञ्चालन गरेको दुई महिने संगठन सुढृढिकरण अभियान महाधिवेशन लक्षित नभएर पार्टी सञ्चालन, गतिविधि र नेतृत्व विकास सम्बन्धीको कोर्ष समेत भएको बताउनुभयो ।
नगर कमिटी अध्यक्ष रोशन भण्डारीको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापाका लागि अभियान प्रमुख धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका पार्टीका केन्द्रीय सल्लाहकार सदस्य इन्द्रबहादुर बढाथोकी, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले दुई महिने संगठन सुढृढिकरण अभियानका बारेमा आ–आफ्नो बिचारहरु राख्नुभएको थियो ।
सो कार्यक्रममा नगर कमिटी इन्चार्ज हरिप्रसाद नेपाल, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य अनिलदेब राई, जिल्ला कमिटी सदस्यहरु टीका प्रसाई, जीवन सेढाई, हरिकृष्ण पौडेल, भीम दाहाल, दमक उद्योग बाणिज्य संघका सल्लाहकार युवराज घिमिरे, दमक बहुमुखी क्याम्पस स्ववियू सदस्य तथा अनेरास्ववियू दमकका नेता अब्जल सिटौला लगायतले बोल्नुभएको थियो ।
सो कार्यक्रमको सञ्चालन दमक नगर कमिटी सचिव सुवास सुवेदीले गर्नुभएको थियो ।
