फाइल तस्विरः शिवसताक्षी नगरपालिकाको कार्यलय

शिबगञ्ज, १८ फागुन–झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३औं नगरसभा सम्पन्न गरेको छ । व्याङडाँडास्थित नगरपालिकाको कार्यालयमा सम्पन्न नगरसभाबाट बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ ।

नगरसभामा नगरपालिकाले २०८०÷०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्चतर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । त्यस्तै, पुँजीगत खर्चतर्फ ३० करोड, २५ लाख ८६ हजार विनियोजन गरिएको थियो । जस मध्ये चालु २१ करोड, साठी लाख ५० हजार तथा पुँजीगततर्फ ५८ करोड ८३ लाख ६२ जार खर्च भएको छ । उक्त खर्च चालुतर्फ विनियोजित बजेटको ३६।७२ प्रतिशत तथा पुँजिगत विनियोजित बजेटको १९.२९ प्रतिशत र कुल विनियोजित बजेटको ३०।८० प्रतिशत रहेको छ ।

नगरसभामा नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखमा रहेको स्वीमिङ्ग पुल, चिल्डे«न पार्क र पूर्व दक्षिण खाली जग्गा लिज दिइने प्रस्ताव पारित भएको छ । उक्त संरचना सहितको जग्गा २५ वर्षका लागि बार्षिक १५ लाखमा लिजमा दिइने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले लिजमा दिएको पहिलो २ वर्षपछि ठेक्का कबोल अंकको १५ प्रतिशतले भाडा बृद्धि गरिने र बाँकी वर्षको लागि प्रत्येक २ वर्षमा अन्तिम ठेक्काको २० प्रतिशतले बृद्धि हुँदै जाने समेत जानकारी गराए । उक्त क्षेत्रमा तीन तला भन्दा माथि पक्की संरचना बनाउन नपाउने, पर्यावरण संक्षणका लागि बोट–विरुवाहरुको संरक्षण गर्नु पर्ने । लिज अवधि पुरा भइसकेपछि उक्त स्थानमा बनाइएको संरचना सबै नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने सर्त राखिएको समेत नगरसभामा जानकारी गराइएको थियो ।

त्यस्तै, नगर सभाबाट शिवसताक्षी नगरपालिकाभित्र दर्ता भई सञ्चालनमा आएका व्यापार व्यवसायहरुले विभिन्न कारण नविकरण हुन नसकेका वा नविकरण हुन नआएका व्यवसायीहरुको हकमा अब नविकरण गर्दा २०७९÷०८० देखि यताको नविरकण गर्दा शुल्क लिने र त्यस अघिको शुल्क छुट गरिने प्रस्ताव पारित भएको छ । नगरसभाबाट १० ओटा प्रस्ताव पास भएको हो ।

नगरसभाबाट ११ वटा वडाका पौष मसान्तसम्म खर्च नभएका ३५ शिर्षकबाट रकम रकमान्तर गरेको छ ।

नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार, सामाजिक विकास तथा सामाजिक न्याय, मानव संसोधन विकास तथा सीप र रोजगारउन्मुख कार्यक्रमको विस्तारमा जोड दिएको छ । त्यस्तै, आन्तरिक राजश्व प्रणालीमा सुधार, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सुशासन र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्य अनुसार काम गरिएको नगरसभामा बताएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उत्कृष्ट ५ कर्मचारीहरुलाई नगदसहित सम्मान गरिएको थियो । जसमा स्वास्थ्य चौकी धरमपुरका पुष्पलाल घिमिरे, योजना शाखाका दिननाथ लुईटेल, वडा नं ५का सचिव विनिसा बाँस्कोटा, कार्यालय सहयोगी सञ्जय डोम र दमकल चालक हरिकृष्ण घिमिरे रहेका छन् । उनीहरुलाई जनही ७ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *