पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, १९ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार शुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत शनिबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

केही दिनअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ आएका वेला प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने तय भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *