काठमाडौं, १९ फागुन–झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ​पाँचजना घाइते भएका छन्।

प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयवासीबीच झडप भएको हो। घाइतेमध्ये सशस्त्र प्रहरीका जवानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए।

शुक्रबार साँझ भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी जाइलागेका थिए। यसपछि झडपको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ ।

घाइतेको उपचार बीएण्डसी अस्पतालमा भइहरेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *