दमक, २० फागुन–उच्च अदालत इलामबाट न्याय पाएपनि धर्मको नाममा राजनीतिक गर्ने केही व्याक्ती वा समुहको कारण अझै पीडित बन्नुपरेको झापा दमक–१ का कुमाल परिवारले दुखेसो व्यक्त गरेका छन् ।
दमक( १ आर्दश टोलका बुद्धिमाया कुमालका छोरा अम्बरबहादुरले आइतबार पत्रकार सम्मेलन गरेर आफ्नो पैतृक सम्पत्तीको रुपमा रहेको जग्गालाई मन्दिर वा सार्वजनिक भन्न नमिल्ने अदालतले फैसला गरेको बताउनुभयो । वहाँले आफनो पैतृक सम्पति जग्गामा अनाधिकृत व्यक्तिहरुले दुःख दिइरहेको पत्रकार सम्मेलनमा जनाउनुभयो ।
आफनो नाममा दर्ता कायम गरेको कित्ता नम्बर ३८१२२ को ९ कठा १३ धुर जमीन मध्ये एक कठठा जमीनमा भने सोहि वडाका शेरवहादुर योङहाङले दावी गरि जग्गा हड्प्ने प्रयास गरिएको पत्रकार सम्मेलनमा अम्बर बहादुर कुमालले बताउनुभयो । वहाँका अनुसार शेरवहादुर यो«हाङले सो जग्गा मन्दिरको नाममा रहेको भन्दै जिल्ला अदाल झापामा मुद्धा दायर गरी २०७९ साल फागुन १६ गते आफ्नो पक्षमा फैसला गराएका थिए ।
दुई दिन अघि योङहाङकै अगुवाईमा सो जमीन शिवालय मन्दिरको भएको भन्दै त्यहाँ हुलहुज्जतका साथ ध्वजा गाडेर शिलान्यास गरिएको थियो । योङहाङ र कुमालवीच सोहि जग्गाको विषयमा झापा जिल्ला अदालतहुदै उच्च अदालत इलामसम्म मुद्धा पुगेको थियो ।
पत्रकार सम्मेलनमा बुधमायाका छोरा अम्बरबहादुरले आफनो बाबुको पालादेखि जोतभोग गरिआएको सो जमीन आफनो पैत्रिक सम्पत्ति भएको दावी गरे । उनका अनुसार आफना दिवंगत बुबा चारमाने कुमाल भनिने सानेबल कुमालले दमक–१ देवान चौंकमा बस्दैआएका स्व.जयबहादुर माखिमलाई बार्षिक एक मन धान दिने भनेर राखेको हो ।
उनी त्यहाँ २०५६ देखि २०७५ सालसम्म कटेरो बनाएर सेवापात गरि बसेका थिए । पछि उनी पाको भएका र आफनै गाउँघर फर्किजाने भन्दा उनका आफन्त पर्ने शेरवहादुर योङहाङले तिनै जमीन कहिले मन्दिर त कहिले सार्वजनिक जमीन भएको बहानावाजी गरि दुःख दिएको आरोप छ । सो जमीनको स्वामित्वको आफनोमा ल्याउन योङहाङले जिल्ला अदालतसम्म मुद्धा दायर गरि आफना पक्षमा फैसला गराएका थिए ।
जमीनमै पत्रकार सम्मेलन गराएका उनले उच्च अदालत इलाममा पुनरावेदन गराईएको र विस २०७९ फागुन १६ गते जिल्ला अदालतको यसअघिको फैसलालाई उल्टाएर सम्मानित अदालतबाट न्याय पाएको उल्लेख गरे । फैसलामा सो जमीन मन्दिर तथा सार्वजनिक जमीन भएको भन्ने प्रमाण नपुग्ने ठहराएको उल्लेख छ । तर यतिका हुदाँ सम्म तिनैले फेरि पनि बलजफती गरेर आफूहरुको व्यक्तिगत सम्पत्ति कव्जा गर्नु खोज्ने काम गरेर दुःख दिदै आएको उनले जिकीर गरे ।
