काठमाडौँ, २१ फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ।
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सोमबार दिउँसो ३ बजे पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बैठक बस्न लागेको पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो।
महासचिव भुसालका अनुसार ‘सत्ता गठबन्धन परिवर्तन गर्नुको उद्देश्यबारे बुझ्ने छौं र प्रक्रियाबारे हामी आवश्यक निर्णय गर्छौं। त्यसका निम्ति हामी आज दिउँसो ३ बजे पार्टी अध्यक्षको निवास, कोटेश्वरमा छलफल गर्दैछौं।’
