काठमाडौँ, २१ फागुन–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्यासित कदम चालेको निश्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको सचिवालय बैठकले उक्त निश्कर्ष निकालेको हो।

सोमबार कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो।

बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बैठकले ठहर गरेको बताउनु भयो।

‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो’, खतिवडाले भन्नुभयो,‘प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तयगर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *