झलनाथ खनाल

काठमाडौँ, २१ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ समीकरणमा तत्काल सहभागी नहुने बताएका छन् ।

आज बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनका बारेमा ‘पर्ख र हेर’को स्थितिमा पार्टी रहेको उनले उल्लेख गरेका हुन् ।

सचिवालय बैठकपछि आज पत्रकारसँग कुरा गर्दै उनले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्र बुझेपछि मात्रै निर्णय लिने बताए ।

यसअघिको गठबन्धन टुटेको र मन्त्रीहरु फिर्ता बोलाउने पनि उनले बताएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *