काठमाडौं, २२ फागुन–मेटा प्लेटफर्म अन्तर्गतका फेसबुक, ईन्स्टाग्राम पुनः सुचारू भएका छन् ।
नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो ।
ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
अन्तरास्ट्रिय समाचार माध्यम अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए ।
