धरमपुर, २५ फागुन–स्थापना भएको ५०औं वर्षको अवसरमा झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले बिहिबार विद्यालयमा स्वर्णमहोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्वर्णमहोत्सव तथा अभिभावक दिवस समारोहमा बिद्यालय स्थापनाकालदेखि सहयोग गर्नुहुने जग्गा दानवीरहरु, आर्थिक सहयोग गर्ने दानवीरहरु, व्यवस्थापन समितिका संस्थापक तथा हालसम्मका नेतृत्वकर्ताहरु, अक्षयकोष दाताहरु, पूर्वप्रधााध्यपक, शिक्षक, विद्यार्थीहरुसमेतलाई मान–सम्मान तथा अभिनन्दन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्ष्तामा बालसेवा आधारभुत विद्यालयको ५०औं वर्ष पुरा भएको अवसरमा स्वर्णमहोत्सव तथा अभिभावक दिवस एकसाथ मनाएएको हो । विद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउन लागेको स्कुल वस अभियानमा सहयोग जुटाउनुहुने पूर्व विद्यार्थी समाजसहित विद्यालयमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा समारोहका प्रमुख अतिथी झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवा लिम्बूले सम्मानित तथा पुरस्कृतहरु व्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गर्नुभएको थियो । सोही समोराहबीच सांसद साँवाले बिद्यालयको स्वर्णमहोत्सवको स्तम्भको समेत अनावरण गर्नुभएको थियो ।

२०३० सालमा स्थापना भएको बिद्यालयले कक्षा ८ सम्म कक्षाहरु सञ्चालन गरिरहेको छ । अंग्रेजी माध्यमद्धारा पठनपाठन गराइरहेको बिद्यालयमा एैच्छिक रुपमा स्थानीय लिम्बू भाषाको समेत पठनपाठन हुने गर्दछ । कक्षा–१ मा भर्ना हुनुअघि मन्टेश्वरी माध्यमको कक्षाहरु समेत बिद्यालयले लामो समयदेखि गराइरहेको छ ।

बिद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बिद्यालयको स्थापनाकालदेखि हालसम्मका प्रगती प्रतिवेदान प्रस्तुत गर्नुभएको थियो । कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिबतसाक्षी नगर प्रमुख रोशन थोप्रा, नगर उपप्रमुख नरमाया कार्की, नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका अध्यक्ष गोविन्द काफ्ले, शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदेन, पूर्व विद्यार्थी समाजका अध्यक्ष फणिन्द्रराज चेम्जोङ, शिबसताक्षी–२ का वडा सदस्य तथा पूर्व विद्यार्थी सञ्जु राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जीतेन्द्रराज चेम्जोङ, शिबसताक्षी–७ का वडाध्यक्ष भवानी चेम्जोङ लगायतका स्थानीय शिक्षासेवीहरुको उपस्थिति थियो ।

स्वर्ण महोत्सव तथा अभिभावक दिवसको समारोहमा व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले बिद्यालयले ५०औं वर्ष पुरा गरेको सुखद अवसरमा संस्थापक तथा विद्यालयको विकासमा निरन्तर खटिरहनु सम्पूर्णलाई स्मरण गर्नुहुने धन्यवाद व्यक्त गर्नुभयो । वहाँले बिद्यालयको यो अवस्थासम्म आईपुग्न अग्रजहरुको त्याग, तपस्या र योगदानका कारण बिद्यालयले स्वर्णमहोत्सव सम्पन्न गर्न पाएकोमा गौरव व्यक्त गर्नुभयो ।

समारोहमा बिद्यालयका बिद्यार्थी तथा शिक्षक–शिक्षिकाहरुले मनोरञ्जनात्मक नृत्य समेत प्रस्तुत गरेका थिए । त्यस्तैं, समारोहबीचमा बिद्यालयका स्काउट बिद्यार्थीहरुले मार्चपाससहित स्वागत नृत्य प्रस्तुत गरेका थिए । समारोहमा बिद्यालयका शिक्षक सन्तोष खत्रीले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *