दमक, २८ फागुन–किरात धर्म र पहिचानको आन्दोलनमा अग्रणी नेतृत्व गर्नुहुने डकेन्द्रसिंह थेगिमले नेकपा (एमाले) परित्याग गरेका छन् । सोमबार, झापाको दमकमा पत्रकार सम्मेलन गरेर नेता थेगिमले एमालेको संगठित सदस्य परित्याग गर्दै स्वतन्त्र रहने जानकारी गराउनुभएको छ ।

प्रदेश न १ पुनः नामाङ्कन संर्घष समितिका संयोजक समेत रहनुभएका थेगिमले आफू दलीय रुपमा स्वतन्त्र भएको घोषणा गर्नुभएको हो । थेगिम किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

२०५०।०५१ सालदेखि नेकपा (एमाले) को संगठित सदस्य भएका थेगिमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेता थेगिमले राजनीतिक आस्थाका आधारमा एमालेले उत्पीडित जाति, समुदायको हितमा काम नगरेको र अब अपेक्षा गर्न नसकिने भन्दै पूर्ण रुपमा सो पार्टी परित्यागको घोषणा गरेको बताउनुभयो ।

थेगिमले सम्पूर्ण उत्पीडित जनताको न्याय, समानाता र स्वतन्त्रताको पक्षमा उभिदै लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी आन्दोलनमा सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

थेगिम शिक्षण पेशाबाट अवकास जीवन बिताइरहनु भएको पत्रकार सम्मेलनमा बताउनुभयो । २०३४ सालदेखि २०७२ सालसम्म शिक्षण पेशामा रहेर सेवा गर्नुभएको हो । नेता थेगिमले सामाजिक सञ्जाल तथा आफूमाथि एमालेका केहि साथीहरुले पार्टी सदस्यताको विषयमा भ्रामक कुरा बाहिर प्रचार गरेको बताउनुभयो । थेगिमले भने–‘म हिजो एमाले थिएँ, अव स्वतन्त्र भएर देशको साझा मुद्दालाई उठान गर्नेछु ।’

पत्रकार सम्मेलनमा प्रदेश न १ पुनः नामाङकन संर्घष समितिको मुख्य एक घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र न २ को उम्मेदवारका रुपमा अब पहिचानवादी नेता थेगिमलाई अघि सार्ने बताउनुभयो । पहिचानवादी मात्र नभएर परिर्वतन चाहने सवैका साझा उम्मेदवारका रुपमा उनको उम्मेदवारी रहने एक्तेनले स्पष्ट पार्नुभयो ।

अध्यक्ष एक्तेनले पहिचानको आन्दोलनलाई नीति निर्माणसम्म पुर्याउन पनि इलामको आसन्न उपनिर्वाचनबाट आफूहरुले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । पहिचानवादी सबै घटकहरुको समर्थन रहने सहमति भएको भएपनि औपचारिक घोषण हुन भने बाँकी रहेको एक्तेनले बताउनुभएको छ ।

संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते निर्वाचनको मिति तोकिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *