काठमाडौँ, २९ फागुन–नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनको सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ।

यसअघि लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने अडान लिएको थियो। यसअघि चार दलबिच भएको सात बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूबीच सहमति भएपछि एकीकृत समाजवादीले अघि सारेको माग सम्बोधन भएको छ।

उक्त सहमतिसँगै सत्ता गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदार नारायण दाहाललाई मतदान गर्नेछ। एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *