पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, ३० फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।

बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन्। उनले राष्ट्र र जनताको पक्षमा तीव्र गतिमा राम्रो काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए।

उनले आफ्नो काँधमा जिम्मेवारी अझै थपिएको बताए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए।

‘आजको संसदमा जीवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो‚ यसले हाम्रो लोकतन्त्र अझ सजीव र सुदृढ बनेको मैले महशुस गरेको छु। मलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत प्राप्त भएको छ।

तीन पटक, तीनवटा अलग अलग अनुभूति र अलग अलग अनुभव पनि भए‚’ उनले भने‚ ‘मेरो जिम्मेवारी अझ बढेको छ। राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा पूरा गर्ने, अगाडि बढाउने जिम्मेवारी हो यो। मेरो काँधमा जिम्मेवारी थपिएको छ।’

उनले आफूलाई विश्वासको मत दिने सांसदहरु र संसदप्रति आभार पनि व्यक्त गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *