शिबगञ्ज, ३० फागुन–झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शिबगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्ज सेवा केन्द्रका संयोजक सन्तोष कुमार ईजमका अनुसार संस्थाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर निःशुल्क आँखा शिविर सञ्चलन गरिएको हो ।

सेवा केन्द्र संयोजक इजमले उद्योग बाणिज्य संघको शिबगञ्ज कार्यालयमा आयोजित शिविरमा पुरूष ९९ जना र महिला १३५ जना गरी जम्मा २ सय ३४ जनाले आखाँ परिक्षण गराएको बताउनुभयो ।

सो शिविरमा डाक्टर विनोद दाहाल नेतृत्वको टोलीले परिक्षण गर्नु भएको थियो । शिविरमा आखाँ परिक्षण गराएका मध्ये १९ मा आखाँ सम्बन्धि विभिन्न समस्या देखीएकोले थप उपचारकोलागी विर्तामोड पठाईने सस्थाका व्यवस्थापक रविन सुब्बाले जनाकारी दिनुभयो ।

सेवाकेन्द्र संयोजक सन्तोष कुमार ईजमको अध्यक्षता र शिवसताक्षी वडा नं ६ का वडाध्यक्ष मनोज कुमार खुलाल कार्कीको प्रमुख आतिथ्यतामा आँखा शिविरको उद्घाटन भएको थियो । शिविरमा सस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल, सदस्य सुर्यप्रसाद दंगाल, तिलरुपा सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *