उदयपुर, १ चैत–भोजपुर र उदयपुर सीमा क्षेत्रको चुवार पुल नजिकै भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छ । सुनसरीको धरानबाट छुटेको को। १ ज २५९३ नम्बरको जीप आज (बिहीबार) बिहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटनामा परेको थियो ।

६ महिने शिशुसहित सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी नौं जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । घाइतेलाई उपचारका लागि धरान लगिएको छ ।

मृत्यु घटनास्थलमै
१) मानबहादुर बस्नेत–हतुवागढी गाउँपालिका–२ (चालक)
२) चन्द्रप्रकाश राई–हतुवागढी–२
३) रामकुमारी राई (ममता)–हतुवागढी–५
४) पदमबहादुर थापा–बराहक्षेत्र– ३
५) दिशान राई–हतुवागढी–२ (६ महिनाको शिशु)
६) कमला अधिकारी–इटहरी
७) पर्वतमाया राई–हतुवागढी– २
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई–हतुवागढी–५

घाइतेहरु
१) विशेष पराजुली–कानेपोखरी
२) सावित्रा राई
३) मिनु राई
४) शान्तिकला राई
५) सविना परियार
६) गायत्री थापा कटुवाल
७) सुशील परियार
८) कुलबुङ्ग राई
९) निकिता कटुवाल

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *