फुटबलरः प्रीति राई

काठमाडौं, २ चैत–फिफा महिला वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ। आज सार्वजनिक गरिएको वरीयतामा नेपाल १००औं स्थानमा पुगेको हो। दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। शीर्ष स्थानको भारत ६६औं स्थानमा छ।

तेस्रो स्थानको बंगलादेश १४०औं स्थानमा, चौथो स्थानको श्रीलंका १५७औं स्थानमा, पाँचौ स्थानको पाकिस्तान १५८औं स्थानमा, छैटौं स्थानमा रहेको माल्दिभ्स १६१औं स्थानमा र सातौं स्थानमा रहेको भुटान १७३औं स्थानमा छ।

वरीयताको शीर्ष स्थानमा स्पेन, दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रो स्थानमा फ्रान्स, चौथो स्थानमा अमेरिका र पाँचौं स्थानमा जर्मनी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *