शिबगञ्ज, ५ चैत–झापाको गौरीगञ्ज १ माहाभारास्थित हुलाकी मार्गमा पर्ने कमल-बनियानी खोला पूर्व चौरी-कुञ्जीबारीबीच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सो सडक खण्डमा पश्चीमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा साइकल यात्री गौरीगञ्ज ३ का अन्दाजी ४० बर्षिय अकालु माझीको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीका अनुसार आइतबार राती करिब ९ बजे भएको सो दुर्घटनामा गम्भिर घाईते भएका माझीको उपचारका लागि विएण्डसी हस्पिटल विर्तामोड पुरयाउने बित्तिकै राती १० बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन ।

मोटरसाइकलमा सवार वडा नं १ का अन्दाजी ३५ बर्षिय खोदनारायण महतोको विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार अन्य दुई जना रतनलालसिंह राजवंशी र बिकास महतोको निम्स हस्पिटल दमकमा उपचार भइरहेको छ । सो मोटरसाइकल कसले चलाएको थियो भन्ने बारे खुलिसकेको छैन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *