दमक, ६ चैत–लायन्स क्लव अफ झापा दमकका अध्यक्ष लोकेश सापकोटा (लोकनाथ) ले मंगलवार आफ्नो जन्मदिन झापाको सुरुङ्गास्थित पुकार​ अपाङ्ग अशक्त समाजमा मनाएका छन् । क बर्ग अति अशक्त अपाङ्गता भएका बालबालिकहरुसंग उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

सो अवसरमा सापकोटाले पुकार अपाङ्ग अशक्त समाजलाई ५ थान सिलिङ पङ्खा उपलब्ध गराएका छन् । गर्मी मौसममा समाजमा आश्रित बालबालिकाहरुलाई समस्या पर्ने देखेर र त्यहाँको आवश्यकतालाई ध्यान दिएर सिलिङ फेन उपलब्ध गराईएको सापकोटाले जनाएका छन् ।

सो अवसरमा लायन्स क्लव अफ इन्टरनेशन ३२५ सिका सेकेण्ड भिडिजि बबरजंग थापाले जहाँ आवश्यकता त्यहाँ लायन्स पुग्ने गरेको जन्मदिन पनि यस्तो ठाँउमा आएर मनाएको भन्दै यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लव अफ झापा दमकका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले आगामि दिनहरुमा सकेको सहयोग गर्दै जाने प्रतिबद्धता गरेका थिए । सिलिङ पङ्खा बितरण कार्यक्रममा लायन्स लिडर लिला चिमोरिया, लायन्स क्लव अफ झापा दमकका संस्थापक अध्यक्ष अशोक चौधरी लगायतको उपस्थिति रहेको थियो ।

समाजकी संचालिका निर्मला ओझाले जे आवश्यकता थियो त्यही सामाग्रि ल्याएकोमा आभार प्रकट गरिन् । उनले बिगतमा पनि बिभिन्न लायन्स क्लवहरुबाट यहाँ सहयोग हुँदै आएको जनाइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *