बिर्तामोड, ६ चैत–झापाको बिर्तामोड–४ मुनाल टोलबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ बर्षीय सन्जोग इङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे ८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको थियो ।

उक्त मोटरसाइकल बिर्तामोड–५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *