काठमाडौं, ८ चैत–नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने बताएका छन्।

काठमाडौंमा हिजो (बुधबार) पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरताबिना देशमा सुशासन हुँदैन। त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनैपर्छ।’

एक वर्षमा तीनचोटि सरकार परिवर्तन भएको पनि उनले बताए।

‘यस्तो अस्थिरतामा देश विकास हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री तथा पूर्ण समानुपातिक संघीय र प्रदेश सभा बनाउने अभियान गर्नुपर्छ।’

उनले अंश(अंशमा भ्रष्टाचार काण्ड बाहिर आएको र यसले हल नदिने पनि बताए।

‘कांग्रेस सरकारमा हुँदा कम्युनिष्टलाई भष्ट्रचारी भन्ने। कम्युनिष्ट सरकारमा हुँदा कांग्रेसलाई भ्रष्टचारी भन्ने अनि मिलेका बेला साखिल्य हुने प्रवृत्ति छ यसरी भ्रष्टाचार निवारण हुँदैन,’ उनले भने, ‘यसका लागि अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्छ। पूर्वप्रधानमन्त्रीदेखि सबैको छानबिन गर्न र कारबाही गर्न सक्ने शक्तिसम्पन्न जनलोकपाल हुनुपर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *