ताप्लेजुङ, १३ चैत–ताप्लेजुङमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको फुङलिङ नगरपालिका–५ उकालीपानीमा ढुङ्गा फुटाउँदै गरेका स्थानीय ५९ वर्षीय रामचन्द्र गुरुङको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ढुङ्गा फुटाउँदै गरेका उनलाई खाजा खान बसेका बेला माथिबाट झरेको ढुङ्गाले किेको हो।

ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए। गुरुङको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *