प्रकाश ज्वाला

काठमाडौँ, १४ चैत–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वमन्त्री प्रकाश ज्वालाले सत्ता समिकरण र पार्टी एकताको विषय फरक भएको भएको छ।

साथै उहाँले सत्ता गठबन्धन र पार्टी एकतालाई सँगै राखेर तुलना गर्न नमिल्ने बताउनु भएको छ। मंगलबार नेपाल टेलिजनमार्फत प्रसारण हुने एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनु भएका उपमहासचिव ज्वालाले उक्त कुरा बताउनु भएको हो।

कार्यक्रम प्रस्तोताले सत्ता गठनबन्धनमा सहभागि कम्युनिष्ट पार्टीबीच अब एकता हुने भयो भनेर भन्न मिल्छ ? भनेर सोधेको जवाफमा उपमहासचिव ज्वालाले न्नुभयो, ‘सत्ता गठबन्धनमा सहभागि हुँदैमा पार्टी एकता हुन्छ भनेर भन्न सकिन्न। वर्तमान गठबन्धनभन्दा पहिले कांग्रेससँग हाम्रो गठबन्धन थियो। आज एकीकृत समाजवादी, माओवादी, एमाले, जसपा र रास्वपालगायतका दल सहभागि सत्ता गठबन्धन छन्। यो सामान्य सत्ता समिकरण हो।’

उहाँले अगाडि भन्नुभयो, ‘आज हामी पार्टीको १०औं महाधिवेशनको तयारीमा जुटेका छौं। उक्त महाधिवेशन केन्द्रीत छलफल जारी छ। जहाँ हामीले कम्युनिष्ट पार्टीबीचको ध्रुविकरणका बारेमा स्पष्ट पारेका पनि छौं। अर्को कुरा पार्टी एकताको कुरा र सत्ता गठबन्धनलाई सँगै राखेर तुलना गर्न सकिँदैन। किन कि यी दुबै विषय फरक हुन्। गठबन्धन बाध्यता हुनसक्छ। तर, पार्टी एकता भन्ने कुरा आवश्यकता र औचित्यका आधारमा हुन्छ। पार्टी एकताका निम्ति धेरै कुरा जिम्मेवार रहन्छन्।’

उपमहासचिव ज्वालाले अगाडि भन्नुभयो, ‘वर्तमान सत्ता समिकरणमा केही दललाई छोडेर हेर्ने हो भने वामपन्थिहरूको बाहुल्यता छ। हिजोका दिनमा भएका गल्ति कमजोरीलाई सच्याएर अघि बढ्ने आधारशिला तयार त भएको छ। तर, यो नै पार्टी एकताको प्रायाप्त तयारी होइन। विगतमा भएका कजोरीलाई सच्याउदै अघि बढ्नुपर्छ। हिजो दिनमा केपी ओली, प्रचण्ड र माधवकुमार नेपालबाट के कमजोरी भएरु तिनको समिक्षा गरेर अगाडि बढ्नुपर्छ। जनताहरू कम्युनिष्ट एकताको पक्षमा हुनुहुन्छ। हामीहरूको मिलन चाहिरहनु भएको छ। हिजो पनि हामीले एमाले र माओवादी मिलेर मुलुकको मुख्य राजनीतिक शक्ति निर्माण गरेकै हो। आज पनि कम्युनिष्ट एकता आवश्यक छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *