बिर्तामोड, १४ चैत–नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न निर्वाचनलाई केन्द्रित गरी प्रेस सेन्टर नेपाल झापाले भेटघाट र छलफललाई तीब्र बनाउने भएको छ ।

बुधबार, बिर्तामोडमा प्रेष सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापालीको आतिथ्यमा बसेको बैठकले निर्वाचन लक्षित विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकले निर्वाचन परिचालन, अनुगमन उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको हो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको संयोजकत्वमा गठित निर्वाचन परिचालन तथा वार्ता समितिमा पुष्प खड्का र झुलन रेग्मी सदस्य रहेका छन् ।

त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा गठित अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका छन् ।

सेन्टरले प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको सचिव पुष्प खड्काले जानकारी दिए । बैठकले आसन्न निर्वाचनका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने समेत निर्णय गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *