दमक, १५ चैत–नेकपा (एमाले) झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ।

अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन्। उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन्।

एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन्।

पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताए।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन्। तर, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *