काठमाडौं, १९ चैत–पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गल्ती सच्याउँदै इतिहास दोहोरिन नदिन आव्हान गरेका छन् ।
विगतका राजनीतिक परिघटना स्मरण गर्दै उनले देशको आर्थिकरसामाजिक रुपान्तरणको काम अँधुरै रहँदा युवामा चरम निराशा छाएर विदेश पलायन बढेको बताएका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै डा। भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा डुब्दै गएको टिप्पणीसमेत गरेका छन् ।
‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् १ तर त्यो अरण्यरोदन बनिरहेछ १’, उनले लेखेका छन् ।
उनको भनाई जस्ताको तस्तै-
नयॉ पुस्तालाई थाहा नहुन सक्छ१ तर मलाई झलझली सम्झना छ( देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३र०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ१ मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाळ आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए१
दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो( आज प्रनेका ९ प्रतिबन्धित नेपाली कांग्रेस० का महामन्त्री पंचायत प्रवेश गरे१ भोलि प्रनेकपा ९ प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी० का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे१ आदि इत्यादि १ मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे –राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो१
अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए१ राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले१ फेरि पनि जनमत संग्रहमा बहुदललाई धॉधली गरेर हराइयो१
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट विदा भए१ बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।
दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट ९मुख्यतः एमाले० सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।
परिवर्तन अपूरो भयो भनेर हाम्रो नयॉ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो१ दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलनरमधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो१
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए१ देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो१ युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयॉ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्१ तर त्यो अरण्यरोदन बनिरहेछ१
के इतिहासको गति रोकिन्छ तरु भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ१
