तेह्रथुम , २० चैत–तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा आफ्नै श्रीमानले धारीलो हतियार सिकल (खुर्पा) प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

हिजो साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बु घरायसी विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो।

श्रीमतीको हत्या लिम्बुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ।

मृतक शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *