दमक, २० चैत–झापाको दमक–३ ढुकुरपानी माध्यमिक विद्यालयमा चैत २५ गतेदेखि वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ढुकुरपानी माध्यमिक विद्यालयका पूर्वबिद्यार्थीहरुले आयोजना गर्ने भेट्रान फुटबल प्रतियोगितामा १० टिमको सहभागिता हुने भएको छ ।
मंगलबार, प्रतियोगिता सञ्चालन हुने ढुकुरपानी माध्यमिक विद्यालयमा पत्रकार सम्मेलन गरेर खेल तालिका (टाइसिट) समेत सार्वजनिक गरेको छ । पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको बिजेता वार्डले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । त्यसैगरी, उपबिजेता हुने वार्डले नगद २० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको समुह (क) मा वार्ड नम्बर ७, ९, ८, ४ र २ छन् भने समुह (ख) मा वार्ड नम्बर ६, १०, ५ ३ र १ रहेका छन् । खेलमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलकर्ता, अनुशासित खेलाडी, उत्कृट टिम, गोलकिपरसहित प्रत्येक खेलका म्यान अफ द–म्याच खेलाडीलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।
सो प्रतियोिगिताको फाइनल खेलको अवसरमा आयोजित कार्यक्रममा ढुकुरपानी माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरुले पूर्वप्रधानध्यापक तथा पूर्व शिक्षक–शिक्षिकाहरुलाई सम्मान गर्ने भएका छन् ।
पत्रकार सम्मेलनमा पूर्व खेलाडी कुमार गिरी, सामाजिक अगुवा लता चापागाईसहित ढुकुरपानी माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरु र विभिन्न वार्डहरुका भेट्रान टीम क्याप्टेन र प्रतिनिधिहरुको उपस्थिति थियो ।
