डिकेन्द्र बस्नेत, दमक, २२ चैत–झापामा महिला ईसाई समाज जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । बिर्तामोडस्थित प्रार्थना भवनमा चैत्र १३ गते मंगलबार गठित महिला ईसाई समाज जिल्ला कार्यसमितीले आजदेखि पूर्णता पाएको हो ।

यसरी गठन भएको समितिको अध्यक्षमा ममता रेग्मी (विर्तामोड) सर्वसम्मत चयन हुनु भएको छ। त्यसैगरी, समितिको उपाध्यक्षमा अनुग्रह तामाङ (कमल गाउँपालिका), सचिवमा कमला राई (बाहुनडाँगी), सहसचिवमा प्रान्त राई (खुदुनाबारी), कोषाध्यक्ष रोधा सुब्बा (अर्जुनधारा) रहनु भएको छ ।

समितिको सदस्यहरु रुबी राई, शशी देवान, गीता कुमाल, निर्मला राजवंशी, रोजी कार्की शेर्पा, अरुणा दर्जी, रूथ कुवँर, सरिता लिम्बु, शारद धमला, गीता तामाङ, पुस्पा रिजाल राई, जयन्ती नेम्बाङ रहनुभएको छ।

जिल्ला ईसाई समाजको उपाध्यक्ष पास्टर तारा चाम्लिङ राईको आतिथ्यमा र पास्टर वीरबहादुर तामाङको प्रार्थनाद्वारा कार्यक्रमलाई आरम्भ गरिएको थियो।

यसअघिको समितीले गरेका ईलाका, नगर समाजमा आबद्ध चर्चलाई नविकरणको कामलाई पूर्णता दिने, झापा जिल्ला ईसाई समाजको २५औं वर्षगाठ रजत महोत्सव सफतापूर्वक मनाउन सकोस् भनी प्रार्थना अभियान सञ्चालन गर्ने, १७ वटा इलाका ईसाई समाजले १७ दिनसम्म एउटा चर्चले १ दिनका हिसाबले १७ दिनसम्म प्रार्थना चलाउने निर्णय गरेको छ।

समाजले विगत वर्षमा जस्तै ३ दिने उपवास प्रार्थना असोज १ गतेदेखि ३ गते २०८१ मा राख्ने निर्णय गरेको छ। त्यस्तैं, समाजमा आबद्ध नभएका ३ वटा इलाका ईसाई समाज खुदुनाबारी, गौरादह, गौरिगञ्जलाई समाजमा आबद्ध गराउन पहल गर्ने निर्णय गरेको हो।

कार्यक्रमको अन्त्यमा महिला समाजका सल्लाहकार पास्टर कल्पना राईको प्रार्थनामा कार्यक्रम सम्पन्न भएको समाजका सचिव पाष्टर कमला राईले बताउनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *