काठमाडौं, २६ चैत–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।​

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा २–२ को बराबरीमा टुंगियो। लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो। तर अन्त्यतिर लिभरपुल पेनाल्टीमा गोल फर्काउँदै बराबरीमा ल्यायो।

२३ औं मिनेटमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। लिभरपुलले त्यसपछि अग्रता बढाउने अवसर पाएपनि मोहमद सलाह २ अवसरमा चुके।

दोस्रो हाफको ५० औं मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काए। ६७ औं मिनेटमा कोबी माइनुले घरेलु टोलीलाई अग्रता दिलाए। तर ८४ औं मिनेटमा मोहमद सलाहले पेनाल्टी मार्फत् बराबरी गोल गरे।

यो बराबरीसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लनबाट बन्चित भयो । लिभरपुलको ३१ खेलमा ७१ अंक छ। युनाइटेड ३१ खेलमा ४९ अंकसहित छैटौं स्थानमा रहेको छ। आर्सनल ७१ अंकका साथ शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी ७० अंक जोड्दै तेस्रोमा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *