काठमाडौँ, २६ चैत–नेपाली काङ्ग्रेस काभ्रेका नेताकार्यकर्ताहरू नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएको छ।

बनेपा नगरपालिका वडा नम्वर १ का वडा सभापतिसहित नेता कार्यकर्ता नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका हुन्।

नेकपा एकीकृत समाजवादी प्रवेश गर्नेमा बनेपा नगरपालिका वडा नम्वर १ का वर्तमान सभापति मिठाराम दुलाल, निवर्तमान सभापति भीमसेन लामिछाने र काङ्ग्रेस राजनितीमा सक्रिय महिला नेता रञ्जिता मगराती हुनुहुन्छ। उहाँहरुले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० मा प्रवेश गर्नु भएको हो।

सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले कोटेश्वर स्थित आफ्नो निवासमा उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाइवा, जिल्ला कमिटी

अध्यक्ष वसुन्धरा हुमागाईं, उपाध्यक्ष रघुवर चौ प्रधान, सचिव गोकुल, केन्द्रीय सदस्य विदुर सापकोटालगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *