काठमाडौँ, २८ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरू असाधारण रूपमा बदलिनु पर्ने बताउनु भएको छ।

पार्टीको गोरखा-काठमाडौँ सम्पर्क मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले अबको दुई वर्षमा वामपन्थी विकल्प दिन नसके मुलुक दक्षिणपन्थी दिशामा ढल्कने बताउनु भयो।

उहाँले अहिलेकै अवस्थामा बदलिन नसक्ने बताउनु भयो। उहाँले भन्नुभयो,‘हामी आजै बदलिनुपर्छ। यही अवस्थामा मुलुक परिर्वतन हुँदैन। आगामी महाधिवेशनबाट त्यो सबै कुरा सच्याउन पर्छ। अबको दुई वर्षमा वामपन्थी विकल्प दिन नसक्ने हो भने दक्षिणपन्थी दिशामा ढल्किन्छ।’

महासचिव भुसालले आजको समाजवादको उद्देश्य अबको १० वर्षमा दुर्गम भेगका सबैलाई रोजगार बनाउनु रहेको बताउनु भयो। भुसालले निर्वाचनमा नेताकहाँ धाएर टिकट लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो।

केन्द्रबाट नेता तोक्ने नभएर पालिकाले नै छान्न पाउने ग्यारेन्टी आगामी महाधिवेशन अगावै गर्नुपर्नेमा भुसालले जोड दिनुभयो। उहाँले भन्नुभयो,‘नेताकोमा चाकडी गरेर, नेताकोमा धाएर टिकट लिने प्रवृति अन्त्य हुनुपर्छ। हरेक पालिकामा त्यहीबाट नेता छान्न पाउनुपर्छ। माथिबाट तोक्ने होइन। सुशासनको प्रत्याभूति हुने गरी देशलाई यति वर्षमा हामी यहाँ पुर्‍याउँछौँ भन्ने ग्यारेन्टी गरेर महाधिवेशनमा जानुपर्छ। आगामी महाधिवेशनले सुस्पष्ट बाटो, योजना र संगठनात्मक दिशा, आन्तरिक लोकतन्त्रको भरपुर अभ्यास गर्ने वातावरण बनाउनुपर्छ।’

सानो पार्टी भएपनि असाधारण ठूलो जिम्मेवारी आफूहरूको पार्टीलाई भएको भन्दै महासचिव भुसालले पार्टीसँग प्रगतिशील यथार्थवाद जरुरी रहेको बताउनु भयो।

भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक बिगार्न गरेका कुरा अझै बाहिर आइनसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो,‘ओली निरंकुश भएकै हुन्। मुलुकमा ७५ वर्षपछि वामपन्थी सरकारले जे गर्न सक्ने अवस्थामा आएको थियो त्यो सबै भत्काए। नेपाली कम्युनिस्ट आन्दोलनमा ओलीले गरेका अपराधको ऋण चुक्ता गर्नुपर्छ।’

गोर्ख(काठमाडौ सम्पर्क मन्चले आयोजना गरेको भुगोल पार्टी कमिटीका नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया, प्रशिक्षण, शुभकामना आदन प्रदान र क्यालेण्डर विमोचना कार्यक्रमको अध्यक्षता गोर्ख काठमाडौँ सम्पर्क मन्चका अध्यक्ष विश्वज्योति बानियाँले गर्नु भएको थियो।

कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटीका ईन्चार्ज विजय गुरुड, पार्टी केन्द्रिय सदस्य तथा पूर्व गण्डकी ईन्चार्ज शंकर पोखरेल, पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य विशेश्वर कट्टेल, सम्पर्क विशेष प्रदेश कमिटीको उपाध्यक्ष तथा गण्डकी प्रदेश सम्पर्क कमिटीका ईन्चार्ज नवराज तिमिल्सिना, सम्पर्क विशेष प्रदेश कमिटीका सदस्यहरु कमरेड पितम्वर सिंखडा, द्रोण बहादुर अधिकारी, कपिलमणी रेग्मी राजकुमार वाग्लेसहित पार्टी भूगोल गोर्खाको अध्यक्ष यादवबहादुर बस्नेत गण्डकी प्रदेश सम्पर्क कमिटीको उपाध्यक्ष सुरेश अमगाई, पार्टी केन्द्रिय विभागका सदस्यहरू सहित सम्पर्क मन्चका पदाधिकारी र सदस्यहरु गोर्खा सम्पर्क मन्चका सदस्यहरुको उपस्थिती रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *