दमक, ४ बैशाख–दमक–४ ताराबारीस्थित बेर्शेबा चर्च दमकद्वारा नयाँ वर्ष २०८१ को अवसरमा अनाथ बाल बृद्धाआश्रामका बालबालिकाहरुलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ।
बेर्शेबा चर्चका पास्टर समेत रहनुभएका लत्ताकपडा तथा खाद्यान्न वितरण कार्यक्रम संयोजक डिकेन्द्र बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वर्ष २०८१ को अवसरमा दमक–९ मा अवस्थित अनाथ बाल बृद्धाआश्रामका बालबालिकाहरुलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरिएको हो ।
कार्यक्रममा दमक-४ मा अवस्थित बेर्शेबा चर्चका सचिव पवन बस्नेत, पास्टर पञ्चुनारायण चौधरी, बेर्शेबा चर्चका सदस्य नबिका बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।
अनाथ बाल बृद्धाआश्रमका अध्यक्ष मन्दरा चिमोरिया पौडेललाई कार्यक्रम संयोजक तथा बेर्शेबा चर्चकापास्टर डिकेन्द्र बस्नेतसहित बेर्शेबा चर्चका प्रतिनिधिहरुद्वारा सो सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम संयोजक पाष्टर बस्नेतले नयाँ वर्षको अवसरमा साथीहरुबीच हुने फजुल खर्चलाई जोगाएर अनाथ बाल बृद्धाआश्रमका बालबालिकाहरुलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गनुर््भयो । पाष्टर बस्नेतले आफू खाने, पिउने, रमाउने र घुम्ने त छदैछ तर आश्रमका आश्रित अनाथ बालबालिकाहरुको जीवनलाई नजिकबाट हेर्न र बुझ्न सहयोग गरिएको बताउनुभयो ।
पाष्टर बस्नेतका अनुसार आश्राममा बस्ने बालबालिकालाई खुवाउनु र उनिहरुलाई केही सहयोग गर्नु चै असल कार्य भएको साथै हामीले येशु ख्रिस्टको प्रेम देखाउन आवश्यक रहेकोले बालबालिकाहरुलाई सहयोग गरिएको बताए ।
लत्ताकपडा र खाद्यान्न बितरण कार्यक्रमपछि आश्रामकी अध्यक्ष पौडेलले बेर्शेबा चर्चप्रति धन्यवाद व्यक्त गरिन । उक्त बाल आश्रममा करिब २९ जना बालबालिकाहरु आश्रित छन् । त्यस्तैं, आश्रममा ३ जना कर्मचारी छन।
