राजेन्द्र पाण्डे

काठमाडौँ, १४ बैशाख–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओली नेतृत्वमा रहेको एमाले पार्टीलाई कम्युनिष्ट पार्टी मान्न नसकिने टिप्पणी गर्नु भएको छ।

हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘यक्ष प्रश्न’ मा गत आइतबार उपाध्यक्ष पाण्डेले उक्त टिप्पणी गर्नु भएको हो।

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले भन्नुभएको छ, ‘केपी ओलीका पछिल्ला आचरण र एमालेले गरिरहेका कार्यहरू हेर्दा त्यो पार्टी कम्युनिष्ट पार्टी नै होइन। एमालेमा कम्युनिष्ट पार्टीको चरित्र र व्यवहार छैन ।’

उपाध्यक्ष पाण्डेले अगाडि भन्नुभयो,‘कम्युनिष्ट पार्टी बन्नका निम्ति विचार चाहिन्छ। विचार र सिद्धान्तअनुसारको व्यवहार चाहिन्छ । त्यो एमालेमा छैन। केपी ओलीमा हुने कुरै भएन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *