काठमाडौँ, १६ बैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी सम्पर्क कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शनिबार सम्पर्क सभाकक्ष शान्तिनगरस्थित कमिटीका अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो। सचिव जनक प्रसाद दाहालद्वारा सञ्चालित बैठकमा पार्टी पोलिटब्यूरो सदस्य तथा सम्पर्क इन्चार्ज विजय गुररूङ, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव एवम् प्रवक्ता केशर अधिकारी तथा आर्थिक विभाग प्रमुख तारानाथ दाहालको विशेष उपस्थिति रहेको थियो।
आमन्त्रित अतिथिहरू केन्द्रीय परिषद सदस्य रेखा राई प्रधान तथा पार्टी कोशी प्रदेश कमिटी सदस्य तिलक लोहनीको समेत उपस्थिति रहेको थियो। बैठकमा सुनसरी जिल्लाबाट २ जना सदस्यको मनोनयन गरी सपथ ग्रहणसमेत गराई संगठनलाई २१ सदस्यीय कमिटी बनाइएको छ।
उक्त बैठकमा १० जिल्ला सम्पर्क मञ्चहरूका अध्यक्षहरू तथा दुई वटा सम्पर्क मञ्चहरूबाट सचिवले प्रतिनिधित्व गर्नुभएको थियो। बैठकले धन्यवाद प्रस्ताव, गत अधिवेशनको समीक्षा, वार्षिक कार्ययोजना, कमिटीको शुल्क निर्धारण तथा विविध निर्णयहरू गरी सम्पन्न भएको छ। उक्त कमिटीको गत २०८१ बैशाख ८ गते प्रथम अधिवेशन सम्पन्न भएको थियो।
