फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, १६ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले संसद विघटन गरेकोप्रति गल्ति स्वीकार गर्न नसकेको भन्दै आलोचना गर्नु भएको छ।

अध्यक्ष नेपालले ओलीले संविधान सभा विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना गर्नु भएको हो। साथै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गर्नुभयो।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको पनि बताउनु भयो।

पार्टी निकट अखिल नेपाल महिला संघ ९समाजवादी० काठमाडौँले सोमबार पार्टी कार्यालय आलोकनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताउनु भयो।

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरूको अधिकारलाई दिलाउनका लागि महत्त्वपूर्ण भूमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउनपछि नपर्ने बताउनु भयो।

उहाँले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्नभन्दा पनि देश र जनताको हितमा समर्पित भएर काम गर्न लागि परेको दाबी गर्नुभयो। उहाँले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर गर्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *