इलाम, १८ बैशाख–ञइलाम(२ प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्।

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए।

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए।

निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो। इलाम९२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।

बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *