दमक, २२ बैशाख–दमक–५ मा इन्टरनेटजन्य समाग्रीको प्रयोग, साइबर क्राइम सम्बन्धी दुइ दिने अभिमुखीकरण कार्यक्रम भएको छ । दमक–५ को सर्वोदय बोडिङ स्कुलमा शुरु सचेतना कार्यक्रम आज (शनिबार) सम्प्रन्न भएको ।
पूर्व न्युज मिडिया प्रालिको सहजीकरण तथा दमक वडा नं ५ को आयोजनामा भएको कार्यक्रमको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाईँ) ले उद्घाटन गरिन् । उनले बढ्दो चुनौतिमा रुपमा रहेको सामाजिक सञ्जालको सहि ढंगले प्रयोग गरिए मात्रै साइबर क्राइमबाट बच्न सकिने बताइन् । इन्टरनेट जन्य सामाग्री प्रयोग गर्दा सावधानी र होसियारी अपनाउन उनले सुझाव दिइन् ।
दमक–५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निसान थापाले साइबर अपराध, अपराधका किसिम र त्यसबाट पर्ने क्षतिका बिषयमा जानकारी दिएका थिए । यस्तै सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सावधानी अपनाउने बिषयमा सचेत गराएका थिए ।
यस्तै, दमक नगरपालिकाका सूचना प्रविधि अधिकृत समिप चुडालले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने प्राविधिक बिषयमा प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरणमा मनोसामाजिक समस्या, साइबर अपराध र त्यसको कानुनी उपचारका बिषयमा दुई हिजो र आज (दिनसम्म) छलफल भएको छ ।
कार्यक्रममा दमक ५ का विद्यालयका विद्यार्थीहरु, शिक्षक, महिला सन्जालका प्रतिनिधिसहित एक सय जना सहभागी छन् ।

