तालिममा सहभागि महिला समूह

भद्रपुर, २९ जेठ–झापाको हल्दीबारी गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर १५ दिन अघि सुरु गरिएको नौमती बाजा बजाउने तालिम आज एक समापन गरिएको छ।

संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा संचालन भएको तालिममा वडा नं १, २, ३, ४ र ५ का महिला सहभागी भएका थिए। महिलाहरूलाई स्वालम्वी बनाउन तथा आर्थिक हैसियत सुधार गर्ने उद्देश्यले आयोजना गरिएको‌ तालिममा सहभागीहरूको बाजा बजाउन सक्ने समूह समेत तयार भएको छ।

विभिन्न कार्यक्रममा नौमती बाजा बजाउने प्रचलन रहेको छ भने बाजा बजाउने समूहको माग पनि बढ्दै गएको छ। बाजाको आवश्यकता आफ्नै ठाउँमा पूरा गर्न आयोजना गरिएको तालिममा सहभागीहरूलाई व्यवसायीक बनाउन गाउँपालिकाले बाजागाजा तथा पोशाकमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि एवंम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दिबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले वताउनुयो।

समापन कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष देवी बहादुर थापा, २ का अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य सुष्मा महरा, संयुक्त महिला आवाज संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेश, प्रशिक्षक राजकुमार शिवा, प्रशिक्षार्थी गिता कडरीया लगायतले मन्तव्य राख्नुभएकोे थियो ।

कार्यक्रममा स्वागत तालिम संयोजक शारदा लिङदेनले राख्नुुएको थियो भने संचालन संस्थाकी सचिव रेनुका राईले गर्नुभएको थियो।कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई कदरपत्रले सम्मान गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *