पाडाजुंगी (कमल), ३ जेठ–झापाको कमल–५ पाडाजुंगी चौकमा अवस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय श्री पाऊँ पाथिभरामाता धाममा वृक्षरोपण गरेको छ ।
संस्थाको १४औ वार्षिकोत्सवको अवसर पारेर सहकारी संस्थाले श्री पाउँ पाथिभरामाता धाम परिषरमा आँप, लिची, सुपारी लगायत उन्नत जातका १५० विरुवाहरु रोपेका हुन् ।
वृक्षरोपण कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठ, सचिव सन्जय कुमाल, लेखा समिति, बिभिन्न उप–समितिका पदाधिकारी, सदस्यहरु,शेयर सदस्य र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका व्यवस्थापक भुपाल बस्नेतका अनुसार वृक्षरोपणमा वडाको सहकारी समन्वय समिति, गुहेश्वरी सामाजिक संस्था, बिभिन्न किर्तन मण्डलीहरु र धाम सञ्चालक समितिको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
यसैगरि, संस्थाको बार्षिकोत्सवका अवसरमा यहि असार ६ गते वृहत रक्तदान,स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको छ ।
