काठमाडौँ, ३ असार–अनेमसंघ (समाजवादी) को वैचारिक मुखपत्र ‘महिला संकल्प–२’ को विमोचन गरिएको छ । आज (सोमबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टी उपाध्यक्ष डा।बेदुराम भुसाल, प्रमेश हमाललगायतको उपस्थितिमा उक्त मुखपत्र विमोचन गरिएको हो।

पार्टी उपाध्यक्ष तथा अनेमसंघ अध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालले आफ्ना विचार राख्नु भएको थियो। अध्यक्ष नेपालले पार्टीमा निराशा बाड्नेहरू सकिएर जाने टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘केही मानिसहरू विद्रोह कालदेखि आजका दिनसम्म आइपुग्दा खाली निराशा बाडिरहेका छन्। राजनीतिमा निराशा बाढ्नेहरू सकिएर जान्छन्। पार्टीलाई प्रभावकारी ढंगले अगाडि बढाउनका निम्ति सबैको सक्रिय सहभागिता हुन आवश्यक छ।’

अध्यक्ष नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गर्नु भएको छ। अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि गरेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौँ।’

आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *