काठमाडौं, १२ असार–नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्वमा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा भएको छलफलमा खनाल र भुसालबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

अब आगामी १६ असारदेखि सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् ।

महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्। सम्मानित नेता खनाल पछि हटेसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ।

चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *