शिबगञ्ज, १३ असार–वडावासीहरुको हितमा काम गरेर सधै चर्चामा छाइरहने शिबसताक्षी–६ शिबगञ्जका वडाध्यक्ष मनोज खुलाल कार्कीले कृषि क्षेत्रको विकासमा एकपछि अर्को राम्रो कार्य गरिरहनुभएको छ ।

वडावासीको पशु बिमा, उन्नत जातका धान, मकै र गहुँको वीउ, विषादी, तोरी खेती प्रोत्साहन, तरकारी तथा फलफूल उत्पादन सम्बन्धी तालिम र यान्त्रिक उपकरण बितरण गरेका वडाध्यक्ष कार्कीले आज सुपारीका विरुवाहरु बितरण गरेका छन् ।

शिबगञ्जस्थित वडा काार्यलयमा बिहिबार एक कार्यक्रमबीच २५ सय सुपारीका विरुवाहरु बितरण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । शिबसताक्षी–६ को सवै गाउँ–टोल र घरमा सुपारीको बोटले हराभरा बनाउने वडा कार्यालयको उदेश्य अनुसार सुपारीको बिरुवाहरु बितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

थोरै जमिनमा व्यवसायीक हिसावले राम्रो आय–आम्दानी गर्न सकिने भएकोले सुपारी खेतीतर्फ कृषकहरुलाई प्रोत्साहनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको कार्की बताउनुहुन्छ । वडाध्यक्ष कार्कीका अनुसार सुपारीको फलबाट मात्रै होइन, सपारीको बोक्रा र पातबाट पनि आय–आम्दानी गर्न सकिन्छ ।

सुपारी बितरण सम्बन्धी वडा समितिको बैठकले निर्णय गरेर सुचना सार्वजनिक गरिएको थियो । सुचना अनुसार वडामा बसोबास गरेको महत्वपूर्ण कागाजातहरु र नागरिकताको प्रतिलिपी पेश गर्न आवह्रान गरिएको थियो ।

वडा कार्यालयमा सुपारी बितरण कार्यक्रममा वडावासी कृषकहरु, वडाका जनप्रतिनिधिहरु र वडाका कर्मचारीहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *