फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं, १७ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज (शनिबार) भेनेजुयला जाँदैछन् ।

भेनेजुउलाको पार्लियामेन्ट्री फोरमले यही नोभेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल त्यता जान लागेका हुन् ।

नेपालको साथमा पार्टी सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने बताइएको छ । आफूहरु आज ९शनिबार० दिउँसो साढे १२ बजेको उडानबाट भेनेजुयला प्रस्थान गर्ने नेता कुँवरले जानकारी दिए ।

यही नोभेम्बर ४ तारिखमा हुने उक्त समारोहलाई अध्यक्ष कमरेडले सम्बोधन गर्ने र नोभेम्बर ७ तारिखका दिन फर्किने कार्यक्रम रहेको कुँवरले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भेनेजुयला जाने चर्चा थियो । तर, उनको सचिवालयले भने श्रेष्ठ भेनेजुयला जाने कार्यक्रम नरहेको जानकारी दिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *