भूपेन्द्र राई

बिराटनगर, २१ कार्तिक–कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ ।

आज (बुधबार) बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री भूपेन्द्र राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धिको पक्ष राष्ट्रहरूको बैठक (कोप–२९) मा पर्यटन वन तथा वातावरण मन्त्री षडानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीलाई दिइएको थियो । मन्त्री अधिकारीले आजै राजीनामा दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *