दमक, २२ कार्तिक–दमकस्थित दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा विभिन्न १८ जनालाई सम्मान गरिएको छ ।
हिजो (बुधबार) क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरसहित अतिथीहरुले सहप्राध्यापक तथा कर्मचारीहरु कूल १८ जनालाई दिर्घसेवा पदकबाट सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा सहप्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख डा। नेत्रबहादुर बुढाथोकी,उपप्राध्यापकहरु श्रवणकुमार चौधरी, यज्ञराज गिरी, सुमनकुमार नेपाल, भुमिप्रसाद दाहाल, नारायण भट्टराई, राधिका ओझा, डिल्लीप्रसाद भट्टराई र कुलप्रसाद शिवाकोटी रहेका छन् ।
त्यस्तै, सोही पदकबाट सम्मानित हुनेहरुमा प्रमुख प्रशासकिय अधिकृत पदमप्रसाद घिमिरे, हेड असिस्टेन्टहरु तुलसी प्रसाद फुयाँल, लक्ष्मी बुढाथोकी, अञ्चलबहादुर धिमाल, तुलसीबिक्रम बस्नेत, बाला भट्टराई, अञ्चल धिमाल, प्रेमबहादुर कुँवर र भविन्द्र धिमाल रहेका छन् ।
मन्त्री राना मगरको प्रमुख आतिथ्यमा आयोजित क्याम्पस सभाको उदघाटन कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना प्रसाइँ, वडाध्यक्षहरु भिम पौडेल र कुबेर भट्टराई, प्रदेश सभाका पूर्व सदस्य अर्जुन राईसहित क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु सुरेश सुब्बा, देवी प्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो ।
सभाको उदघाटन कार्यक्रममा सञ्चालक समितिकी उपाध्यक्ष रिता बस्नेत श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।
