साँङ्केतिक तस्विर/भरुवा बन्दुक

खोटाङ, २२ कात्तिक–शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका–१ पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।

उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए । हिजो साँझ अन्दाजी ७ बजे भरुवा बन्दुक पड्केको आवाज सुनेर आफन्तहरुले गई हेर्दा जंगलमा उत्तानो परेको अबस्थामा उनी मृत फेला परेका थिए ।

घटनाबारे जानकारी गराएपछि प्रहरी टोलीले आज बिहान घटनास्थल पुगेर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *