काठमाडौँ, २३ कार्तिक–राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले आज (शुक्रवार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ।

बोर्डका अनुसार कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय–क्याम्पसमा अध्ययन गरेकाले यो अवसर पाउने छन्।

‘कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण–अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र इ ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू ९कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र (मिति २०८१ साल मंसिर २७ गतेभित्र) सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ। परीक्षा आवेदन शुल्क प्रतिपरीक्षार्थी प्रतिखण्ड एक हजार तोकिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *